बाँकेमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु 

मंगलबार, चैत १५, २०७८

काठमाडौं, १५ चैत : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राझाँ चोकमा मंगलबार टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानिय ७० वर्षीय विरबली भण्डारी रहेका छन् । घाइते भण्डारीलाई उपचारको लागि नेपालगञ्ज स्थित भेरी अस्पताल पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको भे १ क ६५७ नम्बरको टिपरले भण्डारीलाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । 

ठक्कर दिने टिपरसहित चालक जिल्ला प्रहरी कार्यालय बाँकेको नियन्त्रणमा रहेका छन् ।

डोटीमा ट्रयाक्टर पल्टिदा चालकको मृत्यु 

डोटीको पुर्वीचौकी गाउँपालिका–७ सिमकट्टेमा मंगलबार ट्रयाक्टर पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको छ । ट्रयाक्टरका परिचालक गम्भीर घाइते भएका छन् । 

मृत्यु हुनेमा ट्रयाक्टर चालक कैलालीको गौरिगंगा नगरपालिका–४ चौमालाका २५ वर्षीय ज्ञान बहादुर चौधरी रहेका छन् । 

दुर्घटनामा परी ट्रयाक्टरका परिचालक अछामको चौरपाटी नगरपालिका–३ का २४ वर्षीय नर बहादुर भुल गम्भीर घाइते भएका छन् । भुलको उपचार जिल्ला अस्पताल डोटीमा भइरहेको छ । 

डोटीको गजाडाबाट चौखुट्टेतर्फ जाँदै गरेको से १ त ७८३९ नम्बरको ट्याक्टर अनियन्त्रित भइ पल्टिएको प्रहरी चौकी सानागाउँ डोटीले जानकारी दिएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १५, २०७८  १८:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार