झापामा ट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु 

मंगलबार, चैत १५, २०७८

काठमाडौं, १५ चैत । झापाको बुद्धशान्ति गाँउपालिका–१ पुलचोकमा सोेमबार साँझ ट्रकमा ठोक्किएर मोटरसाईकल पल्टिदा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोटरसाईकल चालक बुद्धशान्ति गाँउपालिका–४ का २५ वर्षीय अन्जन फागो रहेका छन् । दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा  बिर्तामोड स्थित बि एण्ड सि अस्पतालमा गएराती सवा ९ बजे  मृत्यु भएको प्रहरीले जनाएको छ ।   हिजो साँझ पौने ६ बजे फागोले चलाएको नम्बर नखुलेको मोटरसाईकल ना ३ ख ५४ ६२ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई पल्टिएको थियो ।  दुर्घटना पश्चात ट्रक चालक फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय बुधबारेले जानकारी दिएको छ । 

प्रकाशित मिति: मंगलबार, चैत १५, २०७८  १३:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार