सोसल मिडिया
Contact Us
युनिकोड
दुबई । यमनको राजधानी सहरस्थित एक आप्रवाशी शिविरमा भएको आगलागीमा परी आइतबार कम्तीमा पनि आठ आप्रवासीको ज्यान गएको छ । आगलागीमा उक्त शिविरका सुरक्षा गार्डहरू पनि परेको बताइएको छ । केही संख्यामा घाइते भएका पनि अन्तर्राष्ट्रिय आप्रवासन संगठनले जनाएको छ । आगलागीमा परी आठ व्यक्तिको मृत्यु भएको पुष्टि भएका छ । मृत्यु हुनेहरूको संख्या अझ धेरै रहेको हुनसक्ने बताइएको छ । आईओएमले विशेष गरी आपतकालीन स्वास्थ्य सेवा उपलब्ध गराइरहेको पनि बताएको छ । त्यस आगलागीमा परी कम्तीमा पनि १७० जना घाइते भएका छन् । तीमध्ये केही जना गम्भीर रुपमा घाइते भएका छन् । सो आगलागी के कसरी भएको हो भन्ने बारेमा भने केही थाहा भएको छैन । यमनमा केही वर्ष यतादेखि हिंसा जारी छ । हिंसामा परी दशौँ हजार नागरिकको ज्यान गइसकेको छ । हिंसाका कारण यमन विश्वमा नै सबैभन्दा धेरै मानवीय सहायता आवश्यक पर्ने देशका रुपमा रहेको संयुक्त राष्ट्रसंघले बताएको छ ।–सिन्हवा