सोसल मिडिया
Contact Us
युनिकोड
इस्लामाबाद । पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिणपश्चिम जिल्ला मुस्तुङमा सोमबार बिहान प्रहरीले गरेको एक कारबाहीमा परी कम्तीमा पाँच आतङ्ककारी मारिएका छन् । आतङ्ककारीविरुद्ध कारबाही गर्ने प्रहरी विभाग (सीटीडी) ले यो कारबाही जारी राखेको हो । सिटीडीका प्रहरी जवानले आतङ्ककारी लुकेर बसेका ठाउँलाई घेरा हाली र आतंककारीहरूलाई आत्मसमर्पण गर्नको लागि आग्रह गरेको थियो । तर आतङ्ककारीको समूहतर्फबाट गोलीबारी शुरु भएपछि प्रहरीको जवाफी कारबाहीको क्रममा कम्तीमा पाँच आतङ्ककारीको घटनास्थलमा नै मृत्यु भएको थियो । प्रहरी कारबाहीको क्रममा मारिएका ती आतङककारीहरुले बलुचिस्तान प्रान्तको प्रान्तीय राजधानी क्वेटामा आक्रमण गर्ने योजना गरिरहेका प्रहरीले खुलाशा गरेको छ । आतङ्ककारीको तर्फबाट भारी मात्रामा विस्फोटक पदार्थ , स्वचालित हतियार, रिमोट कन्ट्रोलहरु बरामद भएको प्रहरीले जानकारी दिएको छ । अफगानिस्तानमा दश जना तालिबान मारिए अफगानिस्तानको दक्षिणी हेल्मण्ड प्रान्तमा अफगान राष्ट्रिय सेनाले गरेको कारबाहीमा परी कम्तीमा पनि १० जना तालिबान लडाकूको मृत्यु भएको छ । अफगानिस्तानमा विगत लामो समयदेखि हिंसा मच्चाइरहेका तालिबानहरुले सरकारी सम्पत्ति र सर्वसाधारणमाथि गर्ने गरेको आक्रमण जारी नै राखेको छ । दक्षिणी हेल्मण्ड प्रान्तको नार ए सरओज जिल्लाका दुई स्थानमा सेनाले कारबाही गरेको थियो । कारबाहीका क्रममा परी ती व्यक्तिको निधन भएको हो । यो जिल्ला तालिबानको गढ मानिन्छ । त्यस क्षेत्रमा तालिबानहरु लुकेर बसेको सूचनाको आधारमा सरकारी सेनाले कारबाही गरेको हो । उता अफगानिस्तानका विभिन्न प्रान्तका केही स्थानमा पनि हिंसात्मक आक्रमणहरु भएका छन् । हिंसामा भएको मानवीय हताहतीका बारेमा भने कुनै जानकारी गराइएको छैन ।–सिन्ह्वा