तीन दिने इराक भ्रमण सकेर फर्किए पोप फ्रान्सिस

सोमबार, फागुन २४, २०७७

बग्दाद । इसाई सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको तीन दिने इराक भ्रमण सकिएको छ । इराकमा पोपको यो पहिलो औपचारिक भ्रमण हो । सुरक्षा चुनौतीका बीच ८४ वर्षीय पोप फ्रान्सिसले इराकमा करिब एक हजार ४०० किलोमिटर यात्रा गरे ।  उनले शिते मुस्लिमका सर्वोच्च धर्मगुरु ग्रान्ड आयातोल्लाह अलि सिस्तानीसँगै इराकमा शदियौंदेखि बसोबास गरिरहेका इसाई सम्प्रदायका व्यक्तिहरुसँग भेटघाट गरेका थिए ।  आइतबार आफ्नो अन्तिम सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै पोप फ्रान्सिसले आफूले इराकमा दुःख र पीडा मात्र नभई आशा र मित्रताको आवाज पनि उठेको बताए ।  उनले इराकमा आधा दर्जनभन्दा बढी सार्वजनिक प्रवचन दिएका थिए । ती प्रवचनमा उनले आशा र भातृत्वको पक्षमा आफ्ना धारणा राखेका थिए ।– एएफपी
 

प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७  १८:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार