बुद्धचित्तको मालासहित कोरियन नागरिक पक्राउ

सोमबार, चैत १४, २०७८

काठमाडौँ, १४ चैत  ।  नेपाल प्रहरीले बुद्धचित्तको मालासहित एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको टोलीले अवैध रुपमा बुद्धचित्तको माला लिएर कोरिया जान लागेको अवस्थामा राहदानी नम्बर एम ८०९०९५६४ भएका कोरियन नागरिक सुन युङ जाङलाई आइतबार राति पक्राउ गरेको हो ।

पक्राउ परेका जाङ कतार एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट कतारको दोहा हुँदै कोरिया जान लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीसँग प्रहरीले १५३ थान बुद्धचित्तको मालासमेत बरामद गरेको छ । 

प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  १५:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार