बेंगलोरमाथि पञ्जावकाे सानदार जित

सोमबार, चैत १४, २०७८
Global Ime Bank

काठमाडौं, १४ चैत : पञ्जाव किंग्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आइपीएल) २०२२ मा विजयी सुरुआत गरेको छ । २०६ रनको विशाल विजयी लक्ष्य पछ्याएको पन्जाबले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । पञ्जाव को जितमा विकेटकिपर भानुका राजपक्षेले आक्रमक ब्याटिङ गर्दै ४३ रनको इनिङ खेले । ओडेन स्मिथ २५, शाहरुख खान २४ रनको योगदान गरे । बेंगलोरका मोहम्मद शिराजले २ विकेट लिए । अक्षदीप, वानिन्दु हसरंगा र हर्षल पटेलले १–१ विकेट लिए । यसअघि  मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २०५ रन बनायो । बेंगलरका कप्तान फाफ डु प्लेसिसले सर्वाधिक ८८ रन बनाए । दीनेश कार्तिक ३२ रनमा अविजित रहे । यस्तै, विराट कोहलीले ४१ रन बनाए ।

प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  ११:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार