कांग्रेस केन्द्रीय समिति बैठक : चुनाव प्रचारमा खटिएका प्रतिनिधि रिपोर्ट बुझाउँदै 

आइतबार, चैत १३, २०७८

काठमाडौं, १३ चैत । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा चुनाव प्रचार प्रसार अभियानमा खटिएका प्रतिनिधिले रिपोर्ट प्रस्तुत गरिरहेका छन् ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा जिल्ला जिल्लामा चुनावी प्रचार अभियानमा खटिएका प्रतिनिधिले रिपोर्ट प्रस्तुत गरेका हुन् । आइतबारको बैठकमा अहिलेसम्म १३ जनाले रिपोर्ट प्रस्तुत गरेका केन्द्रीय सदस्य मिनाक्षी झाले जानकारी दिइन् । ‘शुक्रबारको बैठकमा २२ जनाले रिपोर्ट प्रस्तुत गर्नुभएको थियो, आज बाँकीले बुझाउँदै हुनुुहुन्छ,’ झाले भनिन् । उनका अनुसार चुनावी अभियानमा खटिएका अधिकांशले कांग्रेस आगामी चुनावमा गठबन्धनसहित जानुपर्छ भन्ने सुझाव आएको छ । 
 

प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  १५:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार