सुनको मूल्य एक लाख नौ सय रुपैयाँ

आइतबार, चैत १३, २०७८

काठमाडौँ, १३ चैत । साताकाे पहिलाे दिन आइतबार सुनको भाउ गत शुक्रबारकाे तुलनामा स्थिर छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको एक लाख नौ सय रुपैयाँ कायम भएको छ । गत साताकाे अन्तिम दिन शुक्रबार पनि सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख चार सय रुपैयाँ निर्धारण भएको छ ।  चाँदीको भाउ पनि स्थिर छ । शुक्रबार एक हजार चार सय रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही भाउमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।
 

प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  १२:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार