आयोगद्वारा ६ सय ७६ निर्वाचन अधिकृत नियुक्त, २९ गतेदेखि जिम्मेवारी सम्हाल्ने

आइतबार, चैत १३, २०७८

काठमाडौं, १३ चैत । आगामी ३० वैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

जिल्ला न्यायाधीश तथा नेपाल सरकारका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतस्तरका ६ सय ७६ जनालाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको रुपमा नियुक्त गरेको हो  । 

आगामी २९ चैतदेखि म्मिेवारी लागू हुनेगरी न्यायाधप्शलगायत ६ सय ७६ जनालाई नियुक्त गरिएको आयोगले जनाएको छ । ‘निर्वाचन अधिकृतमा नियुक्त कर्मचारीको कार्यरत कार्यालयको ठेगना सरुवा वा अन्य कुनै कारणले फरक परेको भए हाल कार्यरत कार्यलयले नै व्योहोरा अवगत गरी खटाई पठाईदिन’समेत आयोगले निर्देशन दिएको छ ।

यसरी नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्वाचन व्यवस्थापन अभिमुखीकरण तालिमका लागि ३० चैत गते विराटनगर, धुलिखेल, पोखरा, नेपालगञ्ज तथा २ वैशाखमा जनकपुर, हेटौडा, वुटवल र धनगढीमा तालिमको कार्यक्रमसमेत तय गरिएको छ ।

निर्वाचन आयोगद्वारा पर्यवेक्षण २७ गतेसम्मको समयसीमा 

स्थानीय  तहको निर्वाचन पर्यवेक्षण गर्न गर्न चाहाने संस्थाले १५ दिनभित्र आवेदन दिन निर्वाचन आयोगले समयसीमा तोकेको छ ।
३० वैशाखमा हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि पर्यवेक्षण गर्न चाहाने इच्छुक संस्थाले २७ चैतभित्र निवेदन दिनका लागि निर्वाचन आयोगले समयसीमा तोकेर आह्वान गरेको छ ।

त्यसका लागि संस्था दर्ताको प्रमाणपत्र, संस्थाको विधान, नविकरण भएको निस्साको प्रतिलिपि, पदाधिकारीको नामावलाी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण गरेको अनुभव भए सोको प्रमाणपत्र पेस गरेर पर्यवेक्षणको अनुमति लिन सकिने आयोगले जनाएको छ ।

‘निर्वाचनसम्बन्धी कसुर गरी वा निर्वाचन आचारसंहिता उल्लंघन गरी सजाय पाएको संस्था वा यसअघि निर्वाचन पर्यवेक्षणका लागि अनुमति प्राप्त गरी पर्यवेक्षण प्रतिवेदन पेस नगर्ने संस्थालाई पर्यवेक्षण अनुमति दिइने छैन’ आयोगले स्पष्ट पारेको छ ।

प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  १०:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार