मेयर कपको उपाधि सिद्धिङवा गाउँपालिका

शनिबार, चैत १२, २०७८
Global Ime Bank

ताप्लेजुङ, १२ चैत . ताप्लेजुङको फुङलिङ नगरपालिकाले आयोजना गरेको मेयर कपको उपाधि सिद्धिङवा गाउँपालिकाले हात पार्न सफल भएको छ । सनिबार समपन्न भएको खेलमा सिरिजंगा गाउँपालिकालाई पछि पार्दै सिदिङवा गाउँपालिकाले उपाधि हात पार्न सफल भएको हो । 

सिदिङवा गाउँपालिकाले २५–१९ , २५–२२, २५–२० को स्कोरमा जित निकालेको हो । उपाधिसँगै सिदिङवा गाउँपालिकालाई दुई लाख ५० हजार रुपैयाँ प्राप्त गर्नुका साथै मेडल प्रमाण पत्र र कपसमेत प्राप्त गरेका छन् ।

त्यस्तै उपविजेता सिरिजंगा गाउँपालिकाले एक लाख २५ हजार रुपैयाँ साथै मेडल प्रमाण पत्र र कप प्राप्त गरेको छ । तृतीय हुने फक्ताङलुङ गाउँपालिकाले ४० हजार रुपैयाँ साथै मेडल प्रमाण पत्र र कप प्राप्त गरेको छ ।  

स्थानीय स्तरमा खेलाडी उत्पादन गर्ने उद्देश्यले फुङ्लिङ नगरपालिकाले २०७५ साल देखि वडा स्तरमा गरिएको मेयर कप भलिबल  प्रतियोगिताको सुरुवात गरेको हो । २०७६ देखि स्तर वृद्धि गरी अन्तर पालिका स्तरीय रूपमा सञ्चालन गर्न थालेको फुङ्लिङ नगरपालिकाले जनाएको छ । 

ताप्लेजुङको नौं स्थानीय तह रहेकोमा सबै स्थानीय तहहरूले उत्साह जनक खेलमा सहभागिता जनाएको फुङ्लिङ नगरपालिकाको मेयर छत्रपति प्याकुरेलले बताए ।

प्रकाशित मिति: शनिबार, चैत १२, २०७८  २०:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार