रौतहटमा गाडीको ठक्करबाट एक बृद्भको मृत्यु

शुक्रबार, चैत ११, २०७८

रौतहट, ११ चैत । पुर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–२ मा बिहीबार राति नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा पैदलयात्री अन्दाजी ६० वर्षिय पुरुष रहेका छन् । उनको उपचारको क्रममा निजगढ समुदायिक अस्पतालमा आज बिहान पौने ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको छ । 

गएराती पौने १ बजे नम्बर नखुलेको सवारी साधनले उनलाई ठक्कर दिई फरार भएको हो ।  दुर्घटना गराई फरार रहेको सवारी साधन र चालकको खोजिकार्य भैरहेकोे ईलाका प्रहरी कार्यालय चपुर रौतहटले जानकारी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  १२:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार