रोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

शुक्रबार, चैत ११, २०७८

रोल्पा, ११ चैत । रोल्पाको सुनिलस्मृति गाउँपालिका–३ लोबाङमा बिहीबार राति ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा एक जना गम्भिर घाईते भएका छन् ।  मृत्यु हुनेमा ट्रयाक्टरका परिचालक सुनिलस्मृति गाउँपालिका–५ काप्राका २० वर्षीय खुमे थापा रहेका छन् ।  उनको उपचारको क्रममा बुटवल स्थित लुम्बिनी सिटी अस्पतालमा  मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चालक सुनिलस्मृति गाउँपालिका–३ मिझिङका २४ वर्षीय यमराज विष्टको  स्थानिय प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचार भईरहेको छ ।  गएराति साढे २ बजे विष्टले चलाएको लु ३ त ९९६० नम्बरको ट्रयाक्टर सडकबाट अन्दाजी ६० मिटर तल खसेको ईलाका प्रहरी कार्यालय सुलिचौर रोल्पाले जानकारी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  १२:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार