आजपनि थली हुँदै साँखु जाने सडक अवरुद्ध

शुक्रबार, चैत ११, २०७८

काठमाडौं, ११ चैत । काठमाडौंको दक्षिणढोका थली हुँदै साँखु जाने आउने सवारी साधन आज पनि प्रभावित भएका छन् ।  सडक मर्मतको माग राख्दै थली मिलनचोकमा स्थानियले सडक अवरुद्ध गर्दा मुख्य सडकमा सवारी आवागमन प्रभावित भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । थली हुँदै चल्ने सवारी साधनलाई जोरपाटी–सुन्दरीजल हुँदै आउने–जाने व्यवस्था मिलाइएको छ । स्थानीयले बिहीबार पनि दक्षिणढोका थली हुँदै साँखु जाने सडक अवरुद्ध गरेका थिए । 

प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  ११:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार