दक्षिण कोरियाको प्रजनन दरमा लगातार पाँचौँ वर्ष पनि न्यूनता 

बिहीबार, चैत १०, २०७८

सोल, १० चैत । दक्षिण कोरियाको प्रजनन दरले गत पाँच वर्षमा रेकर्डको न्यूनता तोडेको छ ।  कोभिडलगायतका परिस्थितिका कारण मानिसहरूले विवाह गर्न र बच्चा जन्माउनबाट अलग रहँदा प्रजनन दरमा पनि कमी देखिएको बिहीबार सार्वजनिक दक्षिण कोरियाली तथ्याङ्कले देखाएको छ । 
कोरियाली तथ्याङ्क कार्यालयका अनुसार महिलाको जीवनकालमा हुने औसत सङ्ख्याको अनुमान गर्ने प्रजनन दर वर्षमा ०.०३ बाट घटेर २०२१ मा ०.८१ पुगेको हो । सन् २०१७ देखि पाँचौँ वर्षका लागि अघिल्लो रेकर्डको न्यूनता तोडेर सम्बन्धित तथ्याङ्क सङ्कलन गर्न थालेदेखि यता यो सबैभन्दा कम होे । 
महामारीका कारण व्याप्त निराशा, युवा पुस्ताले छोराछोरी हुर्काउन पर्ने महँगो खर्च, युवाहरूको बेरोजगारी र आवासको बढ्दो मूल्यबीच विवाह गर्न ढिलाइ गर्दा प्रजनन दरमा उच्च न्यूनता देखिएको हो । सन् २०२० मा मुलुकको जनसंख्या पाँच करोड १८ लाख ४० हजार रहेकोमा सन् २०२१ मा यो पाँच करोड १७ लाख ५० हजार पुगेको बताइएको छ । प्रति परिवारका सदस्यहरूको औसत सङ्ख्या २० वर्ष पहिलेको ३.१२ बाट घटेर सन् २०२० मा २.३४ कायम भएको थियो । 
सन् २००० मा एकल परिवारको प्रतिशत १५.५ प्रतिशत रहेकोमा सन् २०१० मा यो सङ्ख्या २३.९ प्रतिशत कायम भएको थियो, जुन सन् २०२० मा ३१.७ प्रतिशत पुगेको छ । 
दक्षिण कोरियालीहरूको आयु सन् २०१४ मा ८१.८ प्रतिशत, २०१६ मा ८२.४ प्रतिशत र २०१८ मा ८२.७ प्रतिशतको निरन्तर उकालो चढ्दै सन् २०२० मा ८३.५ वर्ष कायम भएको छ । 
सन् २०२१ मा प्राथमिक तथा माध्यमिक विद्यालयका विद्यार्थीहरूमा निजी शिक्षा सहभागिता दर ७५.५ प्रतिशत भएको छ । यो गत वर्षको तुलनामा ८.४ प्रतिशतको वृद्धि हो ।– रासस/सिन्ह्वा

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  २१:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार