सोसल मिडिया
Contact Us
युनिकोड
नेपालगञ्ज, १० चैत । कानुन न्याय तथा संसदीय ब्यबस्था मन्त्री दिलेन्द्र प्रसाद बडुले नेकपा एमाले सरकार संविधान भन्दा बाहिर गएर संचालन गर्दा समय अगाडि नै बाहिरिनु परेको बताएका छन् । सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) को १६औं वार्षिक साधारणसभा तथा सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलनलाई आज नेपालगन्जमा उद्घाटन गर्दै मन्त्री बडुले पूर्व प्रधानमन्त्री ओली सरकार चलाउन असफल भएको जिकिर गरे । देशको प्रधानमन्त्री हुँदा जनताको भवना बुझन नसकेको, देश र जनता भन्दा बाहिर गएर सरकार चलाउन खोजेकोले बाहिरिनु परेको काुननमन्त्री बडुको तर्क थियो । मन्त्री बडुले अहिलेको सरकार विशेष परिस्थितिमा विशेष दायित्वका साथ बनेको भन्दै खतरामा परेको संविधानको रक्षा गर्नु सरकारको मूल जिम्मेवारी भएको बताए । संविधानको ब्यबस्था र मर्म विपरित जान खोज्ने सबैको ओली नेतृत्वको सरकारको जस्तै अवस्था हुने मन्त्री बडुले बताए । कार्यक्रममा मन्त्री बडुले संविधान रक्षा र संवैधानिक सर्वोच्चताको लागि रेडियो प्रशारणको लक्ष्य बन्नुपर्ने बताए । रेडियो प्रशारणले सामाजिक रुपान्तरण र राजनीतिक स्थायित्वका पक्षमा निरन्तर पैरवी गरिरहनुपर्ने उनको धारणा थियो । २०६२÷६३ को जनआन्दोलनपछि रेडियो अभियानले नयाँ गति लिएको भन्दै मन्त्री बडुले सरकार सामुदायिक रेडियोहरुको विकासका लागि सधैँ सकारात्मक र प्रतिबद्ध रहेको पनि स्पष्ट पारे । उनले रेडियोहरुको नवीकरण शुल्क छुट, रोयल्टीमा ५० प्रतिशत छुट, विद्युत महसुलमा छुट लगायतको सहुलियत दिएर पनि सहयोग गरिरहेको बताए ।