भीमदत्त राजमार्ग अवरुद्ध

बुधबार, चैत ९, २०७८

डडेल्धुरा, ९ चैत  ।  गन्यापधुरा  गाउँपालिका–१ साउँ खर्कमा पहिरो आउँदा सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आज दिउँसोदेखि अवरुद्ध भएको छ ।

सडक माथिबाट आएको पहिराका कारण १२ बजेदेखि  राजमार्ग अवरुद्ध भएको जिल्ला  प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । सुख्खा पहिराले राजमार्ग अवरुद्ध भएपछि अहिले तराइबाट पहाडका लागि अत्यावश्यक सामग्री लिएर गइरहेकासवारी साधनबीच बाटोमै रोकिएका छन् ।सडक डिभिजन कार्यालयको डोजरले पहिरो पन्छाउने काम गरिरहेको स्थानीय पार्वती धामीले जानकारी दिइन्  । 
 

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १६:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार