स्वदेश फर्कंदै क्रिकेट टिम 

बुधबार, चैत ९, २०७८
Global Ime Bank

काठमाडौं, ९ चैत । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखला खेलेर नेपाली क्रिकेट टिम आज (बुधबार) स्वदेश फर्कंदै छ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टिम साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने जानकारी गराएको छ ।  नेपाली टिमले संयुक्त अरब इमिरेट्स (यूएई)मा चार अन्तर्राष्ट्रिय खेल खेलेर स्वदेश फर्कन लागेको हो । शृंखलामा नेपालले चार खेल खेल्दा दुईमा हार बेहोरेको थियो भने दुईमा जित निकालेको हो । 

नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)लाई दुई विकेट तथा अन्तिम खेलमा सात विकेटले पराजित गरेको थियो । नेपाल घरेलु टोली यूएईसँग भने दुवै खेलमा हार बेहोर्‍याे । पहिलो खेलमा ४८ रनले पराजित नेपाल दोस्रो खेलमा ९९ रनले पराजित भएको थियो ।  लिग-२ मा नेपालले १२ खेल खेलेको छ । जसमा ६ खेलमा जित निकाल्दै १२ अंक सहित छैटाैं स्थानमा छ । सात टिम सहभागी तालिकामा ओमान २८ खेलबाट ३६ अंकसहित शीर्षस्थानमा छ । 
 

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १३:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार