संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरूद्ध रिटकाे सुनुवाइ हुँदै

बुधबार, चैत ९, २०७८

काठमाडौं, ९ चैत । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरूद्ध रिटकाे पूर्ण इजलासमा आज सुनुवाइ हुँदै छ  ।  इजलासमा कामयमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरीप्रसाद खतिवडा  छन् । अधिवक्ता ओमप्रकाश अर्यालले १ पुसमाा  र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २ पुसमा अध्यादेशविरूद्ध रिट दायर गरेका थिए ।  रिटमार्फत अध्यादेश खारेजीकाे माग गरिएकाे छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३० मंसिर, २०७७ मा अध्यादेश जारी गर्न राष्ट्रपतिकहाँ सिफारिस गरेका थिए ।  असंवैधानिक भन्दै त्रिपाठी र अर्याल त्यसविरुद्ध सर्वाेच्च पुगेका हुन् ।

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १२:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार