आठ महिनामा साढे एक खर्बभन्दा बढीको डिजेल, पेट्रोल र एलपीजी ग्यास नेपाल भित्रियो 

बुधबार, चैत ९, २०७८

काठमाडौं, ९ चैत । चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो आठ महिना नेपालले साढे एक खर्बभन्दा बढीको डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात गरेको छ ।  भन्सार विभागका अनुसार २०७८ साउनदेखि फागुनसम्मको अवधिमा भारतबाट कूल एक खर्ब ६८ अर्ब ३३ करोड ३८ लाख २५ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपीजी ग्यास नेपालले आयात गरेको हो । 

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा भारतबाट नेपालमा ८७ अर्ब ७१ करोड ४७ लाख ३७ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपीजी ग्यास नेपाल भित्रिएको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्षको सुरुवाती आठ महिनामा ८० अर्ब ६१ करोड ९० लाख ८८ हजार रुपैयाँ बढीको जिडेल, पेट्रोल र एलपीजी ग्यास नेपालले आयात गरेको छ । 

अघिल्लो वर्ष जति रकमको डिजेट, पेट्रोल र एलपीजी ग्यास नेपाल भित्रिएको थियो यस वर्षको सोही अवधिमा जिडेल मात्र उक्त रकम बराबरको नेपाल भित्रिएको देखिन्छ ।  चालु आर्थिक वर्षको सुरुवाती आठ महिनामा नेपालमा सबैभन्दा बढी डिजेल भित्रिएको छ । सो अवधिमा ८७ अर्ब ८३ करोड ५४ लाख ६२ हजार रुपैयाँ बराबरको डिजेट नेपाल भित्रिएको छ । 

सोही समयमा भारतबाट ४० अर्ब ६४ करोड १४ लाख ५८ हजार रुपैयाँको एलपीजी ग्यास नेपालले आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।  चालु आर्थिक वर्ष सुरु भएपछि फागुन मसान्तसम्म नेपालले भारतबाट ३९ अर्ब ८५ करोड ६९ लाख ०५ हजार रुपैयाँको पट्रोल खरिद गरी ल्याएको छ । 

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा जति रकमको डिजेल, पेट्रोल र एलपीजी ग्यास नेपालमा भित्रिएको थियो त्योभन्दा बढी रकमको डिजेल, पेट्रोल र एलपीजी ग्यास चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपाल भित्रिसकेको छ ।  विभागका अनुसार गत आर्थिक वर्ष एक खर्ब ६० अर्ब ५४ करोड ४४ लाख ६० हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपीजी ग्यास नेपालले आयात गरेको थियो । 

न्यूज काराखाना

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १२:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार