प्रहरीद्वारा विद्यालय सम्पर्क कार्यक्रम सञ्चालन

बुधबार, चैत ९, २०७८

बैतडी, ९ चैत । बैतडी प्रहरीले विद्यालय सम्पर्क कार्यक्रम सञ्चालनमा ल्याएको छ ।  समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विद्यालय सम्पर्क कार्यक्रम सञ्चालनमा ल्याइएको हो । कार्यक्रमअन्तर्गत जिल्लाको पाटन नगरपालिकाका विद्यालयहरुमै पुगेर  सचेतना दिन थालिएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । पाटन नगरपालिकाको सहकार्य गरेर नगर क्षेत्रभित्रका विद्यालयहरुमा विद्यार्थीहरुलाई विभिन्न कुराका बारेमा जानकारी दिन थालिएको छ । उनले भने, “कार्यक्रमअन्तर्गत समाजमा हुने विभिन्न विकृतिहरुलाई न्यूनीकरण गर्न विद्यालयमा गएर कक्षा ९ देखि १२ सम्म विद्यार्थीहरुलाई सचेतना दिन थालेका हौँ । ” 

    सामाजिक सञ्जालको गलत प्रयोग र कानुनी व्यवस्था, लागूऔषध दुव्र्यसनी रोकथाम, लैङ्गिक, घरेलु हिंसा, आत्महत्या, बालविवाह, सामाजिक अपराध रोकथाम, ठगीका घटना लगायतका विषयमा छलफल गर्ने गरिएको छ ।  उनले भने, “विद्यालयमै पुगेर किशोरकिशोरीसँग गरिने अन्तरक्रियाले  समाजमा हुने विभिन्न विकृतिहरुलाई न्यूनीकरणका साथै हिंसाका घटनामा कमी  हुने विश्वास छ ।” 

    नगरपालिकाका १० वटै वडाका एक÷एक विद्यालयमा अन्तरक्रिया गर्ने कार्यतालिकाअनुसार  अहिले सम्म वडा नं २, ३, ४ ७ र १० कार्यक्रम सम्पन्न भइसकेको छ ।  बाँकी रहेका वडाहरुमा पनि कार्यक्रम सञ्चालनको तयारी रहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १२:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार