सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, ८ चैत । नेपालको पूर्वी भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको मौसमविदले जनाएका छन । मौसमविद डा. धर्मराज उप्रेतीले भारतबाट समुद्री आँधी सुरु भएको र त्यसको प्रभाव स्वरुप नेपालको पूर्वी भेगमा हावाहुरी र पानी पर्ने सम्भावना रहेको बताए । न्युज एजेन्सी नेपालसँग मंगलवार कुराकानी गुर्दै मौसमविद उप्रेतीले ६० देखि ७० किलोमिटर प्रतिघण्टाकोे वेगमा चलिरहेको हावाले बंगालको खाडी र म्यान्मारमा हाल ठुलो पानी पारिरहेको र दुई, तिन दिन अझै यसको वेग बढने बताए । यस आँधीको असर नेपालको पूर्वी भाग र उच्च हिमाली क्षेत्रमा पनि देखिने उनले उल्लेख गरे । शुक्रवारसम्ममा पूर्वी भागमा असिना पानी र हावाहुरी चल्ने सम्भावना रहेको उनले जानकारी दिए । उनले भने, ‘यो वर्षको सबैभन्दा पहिलो समुद्री आँधी हो । यो वर्ष प्रि मनसुन सुरु भइसकेपछिको पहिलो समुद्री आँधी यो अन्डमान निकोबार प्रायदिप जुन भारतको छ त्यहाँबाट सुरु भएको हो यो आँधी । र आज बिहान यसको गति एकदमै बढेको छ । र यो ६५ देखि ७० किलोमिटर प्रतिघण्टाको दरले हावाको वेग छ । र यो बंगालको खाडी र म्यान्मार कोष्टमा गएर यसले ठुलो पानि पारिराखेको अवस्था छ । यसको नाम भारत सरकारले राखिसकेको अवस्था चाहीँ छैन । असानी भनेर यसको नाम दिने भनेर चाहीँ भनिएको छ । तर यसको अवस्था हेरेर कस्तो हुन्छ यो भनेर भोलीसम्म यसको नामाकरण गर्ने र त्यसपछि यसको असर पनि कतिसम्म जान्छ भन्नेकुरा चाहीँ भोलीसम्म निर्धारण हुन्छ । तर अहिलेसम्मको गति हेर्दाखेरी आज ६५ देखि ७० किलोमिटर प्रतिघण्टाको दरले चलेको यो आँधी भोली थप तेजिलो हुन्छ र दुई, तिन दिनसम्म यसले त्यो क्षेत्रमा प्रभाव पार्छ । भन्नुको अर्थ, म्यान्मार, वंगलादेशमा असर गर्छ र हाम्रो क्षेत्रमा पनि देशको पूर्वि भागमा पनि पर्ने सम्भावना पनि यसले निम्त्याउने अवस्था देखिन्छ । नेपालमा यसको पूर्वी भागमा र उच्च हिमाली क्षेत्रमा यसको असर देखिने सम्भावना छ । त्यो असर कुन स्तरको देखिन्छ भनेर अहिल्यै भन्न सकिने अवस्था छैन भोलिसम्म थाहा हुन्छ । पूर्वी भागमा असिना पानि, हावाहुरी चल्ने सम्भावना अहिलेसम्म आएको छ । नेपालमा बिहीवार र शुक्रवार नेपालमा यसको सामान्य असर देखिने सम्भावना रहेको छ ।’ सामान्य हावाहुरी र असिना पानी परे पनि ठुलो असर भने नदेखिने उहाँले स्पष्ट पार्नुभयो । सामान्यतया मार्च महिनामा यस्तो समुद्री आँधी नआउने भएपनि जलवायु परिवर्तनको असर स्वरुप छिट्टै आँधी आएको उहाँले उल्लेख गरे ।