जुम्लामा चार वर्षपछि बल्ल चालक अनुमतिपत्र वितरण गरिने

सोमबार, चैत ७, २०७८

खलङ्गा, ७ चैत ।  चार वर्षपछि जुम्लामा सवारी चालक अनुमतिपत्र वितरण हुने भएको छ ।

 पछिल्लो समय सवारी चाप बढ्दै गएपछि जिल्लामै चालक अनुमतिपत्र वितरण हुने भएको हो । जिल्लामै चालक अनुमतिपत्र वितरण हुने भएपछि यहाँका सवारी चालकमा खुसी छाएको छ  । ऋण जोहो गरेर अटो खरिद गरी सञ्चालन गरेपनि सवारी चालक अनुमति पत्र नहुँदा जरिवाना तिर्न बाध्य भएका जुम्लेलीले अब जिल्लामै चालक अनुमतिपत्र पाउने भएपछि उनीहरु खुसी भएको स्थानीयवासी पदम बुढाले बताए  । 

विगत चार वर्षदेखि बन्द रहेको सवारी चालक अनुमतिपत्र दिइने कार्य गत फागुन अन्तिम साताबाट जुम्लामै सुरु भएको छ । चालक अनुमतिपत्र दिइने भएपछि सबैभन्दा बढी राहत अटो चालकलाई भएको यातायात व्यवस्था कार्यालय जुम्लाका सूचना अधिकारी लोकबहादुर महतले जानकारी दिए । 

बढ्दो माग र जनगुनासोपछि यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र प्रदान गर्ने प्रक्रिया अगाडि बढाएको यातायात व्यवस्था कार्यालय जुम्लाले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १६:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार