दुव्र्यवहारको आरोपमा शिक्षक पक्राउ

सोमबार, चैत ७, २०७८

चितवन, ७ चैत  । बालयौन दुव्र्यवहार गरेको अभियोगमा एक जना शिक्षक पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा सोमेश्वर माध्यामिक विद्यालय माडीका शिक्षक सुरज लामिछाने रहेका छन् ।

माडी नगरपालिका–५ निवासी उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । उनलाई कक्षा ९ मा अध्ययनरत १५ वर्षीया बालिकालाई यौन दुव्र्यवाहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । पक्राउ परेका शिक्षकमाथि अनुसन्धान सुरु गरिएको उहाँले जानकारी दिए  । 
 

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १५:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार