शङ्कर शर्मा भारतका लागि राजदूत नियुक्त

आइतबार, चैत ६, २०७८

काठमाडौँ, ६ चैत  ।  राष्ट्रपति विद्यादेवी भण्डारीले डा शङ्करप्रसाद शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी  छन्  ।
 नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले डा शर्मालाई उक्त पदमा आज नियुक्त गरेकी हुन्  । मन्त्रिपरिषद्को गत मङ्सिर १० गतेको बैठकले उनलाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो । यसअघि उनी  संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत थिए  । 

प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  १८:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार