प्रधानमन्त्री देउवा भोलि मोरङ आउँदै 

आइतबार, चैत ६, २०७८

विराटनगर, ६ चैत ।  प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार मोरङ आउने कार्यक्रम छ । उनी यहाँको सुन्दरहरैचा नगरपालिकामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन यहाँ आउन लागेका हुन् । सुन्दरहरैचा नगरपालिकाका उपप्रमुख धनमाया तामाङले दिएको जानकारी अनुसार प्रधानमन्त्री देउवा सोमबार बिहान सो नगरपालिकाद्वारा आयोजित तीन वटा कार्यक्रममा सहभागी हुनुहुने छन् ।
प्रधानमन्त्री देउवाले सुन्दरहरैचा नगरपालिकामा निर्मित नगर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम छ । त्यसैगरी उनले सो नगरपालिकाको प्रशासनिक भवन र सुन्दरहरैचा नगरपालिकाको वडा नं ९ मा निर्माण हुने कृषि बजारको शिलान्यास गर्ने कार्यक्रम रहेको उपप्रमुख तामाङले बताए ।
 

प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  १७:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार