पोपद्वारा इराकी धार्मिक नेतासँग सम्वन्ध सुधारको प्रयास

आइतबार, फागुन २३, २०७७

नाजाफ । इसायी धर्मगुरु पोप फ्रान्सीसले सिट्टे मुस्लिम अगुवासँग सम्बन्ध सुधारको प्रयास गरेका छन् । मुस्लिम धार्मिक नेता अयातोल्लाह अलि सिस्तानीसँग उनले शनिबार भेटेर सम्वन्ध सुधारका लागि हात फैलाएका हुन् । उनको यो प्रयास र भेटवार्तालाई आधुनिक धार्मिक इतिहासमै एउटा ऐतिहासिक घटनाका रुपमा लिइएको छ । इराक भ्रमणमा रहेका पोपले आफ्नो भ्रमणको दोस्रो दिनको बिहानै सिस्तानीलाई नाजाफमा रहेको उनकै निवासमा गएर भेटेका हुन् ।  पहिले नै हुने भनिएको भ्रमण कोरोनाभाइरसको महामारीका कारण पछाडि सरेको थियो । यो भ्रमण तथा भेटवार्ता बहुप्रतिक्षित थियो ।  सिस्तानीलाई भेट्न पोप नाजाफ विमानस्थलमा ओर्लिएका छन् । त्यहाँ उहाँलाई उच्च सतर्कताका साथ स्वागत गरिएको थियो ।–एएफपी
 

प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  ०६:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार