झापामा पत्रकारिता तालिम

आइतबार, चैत ६, २०७८

झापा, ६ चैत  । पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मेचीनगर नगरपालिकाको धुलाबारीमा खोज पत्रकारिता तालिम आजदेखि सुरु भएको छ । 

नेपाल पत्रकार महासङ्घ झापा शाखाले ‘स्थानीय सरकारका सवलाहरु” विषयमा कसरी समाचार खोज्ने र लेख्ने भन्ने विषयमा सुरु गरेको उक्त तालिमको सहजीकरण वरिष्ठ पत्रकार मोहन मैनालीले गरेका  छन्  । मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा आयोजित उक्त तालिममा मेचीनगर, विर्तामोड नगरपालिका र बुद्धशान्ति गाउँपालिकाका २५ पत्रकार सहभागी छन् ।  

कोभिड–१९ का कारण लामो समयपछि पत्रकारिता तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  १५:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार