इनारमा डुबेर एक वृद्धाको मृत्यु

आइतबार, चैत ६, २०७८

चितवन, ६ चैत । इनारमा डुबेर एक वृद्धाको मृत्यु भएको छ । माडी नगरपालिका–७ किर्तनपुर प्रगतिटोल निवासी ७४ वर्षीया सुकमायाँ रानाभाटको इनारमा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान घरबाट निस्कनुभएकी रानाभाट अबेरसम्म घर नपुगेपछि उनको खोजी भएको थियो । घर नजिकैको इनारबाहिर चप्पल तथा लौरो भेटिएको र वृद्धा डुबेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । वृद्धाको शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रासस

प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  १४:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार