कोभ्याक्समार्फत विश्वका २० देशमा दुई करोड मात्रा कोरोना खोप 

आइतबार, फागुन २३, २०७७

जेनेभा । विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रम अनुसारका खोप पठाइएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । विश्व स्वास्थ्य संगठनले दिएको जानकारीअनुसार कोभ्याक्स कार्यक्रम अनुसारका करिब दुई करोड मात्रा खोप विश्वका विभिन्न २० देशमा पठाइएको छ । विश्व स्वास्थ्य संगठनले नेतृत्व गरेको कार्यक्रमअनुसार यो सहायताको खोप हो । यो कोभ्याक्सको मात्राका खोप विश्व स्वास्थ्य संगठनले अनुदान स्वरुप विश्वका देशलाई उपलब्ध गराउने गरी स्थापना गरेको कार्यक्रम हो । 
यी खोप यसै हप्ताको शुरुआतदेखि खासगरी अफ्रिकाका देशमा पठाइएको हो । यो अनुदानको खोप वितरण गर्ने कार्यक्रम खासमा घानाबाट शुरु भएको थियो ।  विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस आधनम गेब्रियसले सो कुराको जानकारी दिनुभएको हो । उहाँले आगामी हप्ता पनि यो खोप वितरणको कार्यक्रम रहेको बताए ।  आगामी हप्ता पनि बढी जसो अफ्रिकी देशलाई नै यो खोप दिइने छ र आगामी हप्ता यो कार्यक्रम अन्तर्गतका करिब एक करोड ४० लाख मात्रा खोप अरु विभिन्न ३१ देशलाई उपलब्ध गराइने छ ।
खोप वितरण अहिले निकै सानो जनसंख्यामा रहेको तर यसलाई पछि बढाइने पनि उनले बताए । 
उनले भने, ‘अहिलेसम्म त यो खोप विश्वका यो कार्यक्रम अनुसारका खोप वितरण गरिएका देशका दुईदेखि तीन प्रतिशत मात्र नागरिकलाई यो खोपको मात्रा पुगेको छ ।’  विश्व स्वास्थ्य संगठनले विश्वमा खोप खरिद गर्न सक्ने अवस्था नरहेका अथवा खोपमा पहुँच नपुगेका गरिब देशलाई शुरुमा यो खोप अनुदानमार्फत् दिइने गरी वितरणको कार्यक्रम बनाएको बताएको छ ।– सिन्ह्वा
 

प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  ०६:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार