सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, ६ चैत । आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलहरुले आज जिल्ला निर्वाचन कार्यालयमा आफ्नो दलको संगठानिक विवरण बुझाउँदै छन । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रयोजनको लागि दर्ता भएका दलका उम्मेदवारलाई सोही दलको निर्वाचन चिह्न उपलब्ध गराउन सांगठनिक विवरण बुझाउने निर्देशन दिए अनुसार दलहरुले आज विवरण बुझाउन लागेका हुन् । आयोगको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनमा भाग लिन आयोगमा दर्ता भएका राष्ट्रिय मान्यता प्राप्त बाहेकका ७३ (त्रिहत्तर) राजनीतिक दललाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम जिल्ला स्तरको संगठन संरचना (जिल्ला समिति) को विवरण २०७८ चैत्र ६ गतेभित्र पेश गर्न पत्राचार गरेको छ।’