सोसल मिडिया
Contact Us
युनिकोड
भक्तपुर, ५ चैत । मध्यपुरथिमि–३ कौशलटारस्थित अरनिको राजमार्गसडकखण्डमा काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको ट्र्याक्टरबाट खसेर आज उदयपुर गाईघाट घर भई ललितपुर इमाडोल बस्ने १८ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको छ । गुडिरहेको मिक्सचर बोकेको ना७त २७७४ नंको ट्र्याक्टरबाट खसेर घाइते भएका कार्कीको उपचारका लागि नेसनल ट्रमा सेन्टर पु¥याइए पनि मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए । ट्र्याक्टर चालक झापा कन्काई नगरपालिका–५ घर भई ललितपुर इमाडोल बस्ने २७ वर्षीय रोशन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको उनले जानकारी दिए।
दुर्घटनामा पैदलयात्रीको मृत्यु
सप्तरीको अग्निसाईर कृष्णसवरन गाउँपालिका–६ रतवालास्थित पूर्व–पश्चिम लोकमार्गमा पिकअपले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स१च १६८३ नंको पिकअपले ठक्कर दिँदा अग्निसाइर कृष्णसवरन गाउँपलिका–६ का ५५ वर्षीय दुःखीलाल लेखीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । अनियन्त्रित पिकअपको ठक्करबाट घाइते भएका पैदलयात्री लेखीलाई उपचारका लागि धर्मेश्वर अस्पताल ठेलियाबाट राजविराजस्थित अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । ठक्करले दिने पिकअप गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
टिपरसँग ठोक्किँदा मोटरसाइकलमा सवार किशोरीको मृत्यु
वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत रत्न राजमार्ग खण्डमा टिपरसँग ठोक्किँदा मोटरसाइकलमा सवार एक किशोरीको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत सेडा स्कुल नजिक रत्न राजमार्गमा पिपिराबाट धुलियाबिटतर्फ गइरहेको भे१ख ३३०२ नंको टिपर र सोही दिशाबाट आउँदै गरेको भे ७ प १७९९ नंको मोटरसाइल आज दिउँसो करिब १२ः०० बजेतिर टिपरको पछाडि ठोक्किएको थियो । मोटरसाइकल टिपरसँग ठोक्किँदा लेकबेँसी नगरपालिका–५ सुर्खेत नेटागाउँका १७ वर्षीया लक्ष्मी पुलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए। किशोरीको घटनास्थलमै मृत्यु भएको हो । सो दुर्घटनामा घाइते मोटरसाइकल चालक लेकबेँसी नगरपालिका–८ सुर्खेतका २२ वर्षीय मिलन विक र त्यसमा सवार सोही नगरपालिका–५ नेटाकै १७ वर्षीया सन्दीपा पुलामीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक घर्तीले बताउनुभयो । उहाँका अनुसार घाइते दुवैको अवस्था सामान्य छ । टिपर चालक बाँसगढी नगरपालिका–५ बर्दियाका ३१ वर्षीय राजु थापालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । –––
पोखरीमा डुबेर महिलाको मृत्यु
पोखरीमा डुबेर बैतडीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ कैनपानीका २३ वर्षीया भागरथी चन्द रहेकी छन् । भागरथीको घर नजिकै रहेको सिँचाइ पोखरीमा डुबेर मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। बारीमा घाँस काटेर हातखुट्टा धुने क्रममा चिप्लेर पोखरीमा डुबेको र लगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि अस्पताल लगिँदैछ । उनको श्रीमान् रोजगारीका सिलसिलामा भारतमा छन् ।