आफैँले ढालेको रुखले किच्दा ज्यान गयो

शनिबार, चैत ५, २०७८

ताप्लेजुङ, ५ चैत । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निघुरादिनमा रुखले किचेर एकजनाको ज्यान गएको छ । दाउराका लागि रुख काट्ने क्रममा ढल्दै गरेको रुखले अचानक किचेर सोहि ठाउँका तुलसी भनिने भीमप्रसाद रम्तेलको ज्यान गएको हो । 
रम्तेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ढल्दै गरेको रुख रम्तेलको ढाडमा बजारिएको स्थानीयले बताएका छन् । रम्तेलको शव परीक्षणका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ । 
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते
रुकुमपूर्वमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । पुथाउत्तरगङ्गा गाउँपालिका–१२ को गर्खानीमा राङ्सीबाट रुकुमकोटतर्फ आउँदै गरेको रा १ च ३३७३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मानबहादुर विसीले जानकारी दिए । मृतकको परिचय खुलेको छैन ।
दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन् । एकको अवस्था गम्भीर छ भने एक जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक विसीले बताए । सामान्य घाइते हुनेमा सो गाउँपालिकाका ३२ वर्षका वीरप्रताप बुढा रहेका छन् । अर्का घाइतेको पनि पहिचान खुल्न सकेको छैन । दुवै जनाको रुकुमपूर्व अस्पततालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, चैत ५, २०७८  ०५:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार