दुर्घटनामा दुई किशोरको मृत्यु

शुक्रबार, चैत ४, २०७८

मोरङ, ४ चैत । फागुन पूर्णिया(होली) को दिन मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने दुई किशोरको मृत्यु भएको छ । आज नै सवारी नियम उल्लंघन गरेका ४१३ सवारी साधनमाथि ट्राफिक प्रहरीले कारवाही गरेको छ । 
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त मञ्जिल मुकारुङका अनुसार को २५ प ८५५९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोरङको कटहरी गाउँपालिका–५ का १६ वर्षीय आलोक विश्वास र ग्रामथान गाउँपालिका–१ का १८ वर्षीय रिसभ चौधरीको आज दिउँसो उपचारको क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ ।
यसैगरी जिल्ला ट्राफिक कार्यालय मोरङ प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काका अनुसार मापसे गरेर सवारी साधन चलाउने मोटरसाइकल, सिटी, अटो, कार, ट्याक्टरसहित ४१३ वटा सवारी साधनलाई कारवाही गरिएको छ ।     यस्तै मापसे सेवन गरी होहल्ला गरी हिड्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  २१:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार