लाप्राक र बारपाकको विकासका लागि पहल गर्छु : पूर्वप्रधानमन्त्री नेपाल

शुक्रबार, चैत ४, २०७८

गोरखा, ४ चैत । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भूकम्पले क्षति पु¥याएका गोरखाको लाप्राक र बारपाकलगायतका क्षेत्रको विकासका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । 
नेकपा (एकीकृत समाजबादी) पार्टी गोरखाले लाप्राकमा आज आयोजना गरेको कार्यक्रममा बोल्नुहँुदै पार्टीका केन्द्रीय अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री नेपालले लाप्राकसम्म सडकबाटो स्तरोन्नति, स्वास्थ्य, खानेपानी तथा बिजुलीको पहुँच पु¥याउन सम्बन्धित निकायमार्फत पहल गर्ने बताए ।  लाप्राकको नमुनाबस्तीमा खानेपानीको अभाव भएको त्यहाँका नागरिकले गुनासो गरेपछि उनले राजधानी फर्किएर खानेपानी मन्त्रीलाई समस्याको जानकारी गराउने बचन दिएका छन् । “लाप्राकसम्म पुग्न सडकमा ढल, बाटो निर्माणको काम त भइरहेको छ”, उनले भने, “यसलाई अझैँ गति दिनुपर्ने आवश्यकता छ ।” उनले लाप्राकसम्म नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रशारण लाइन जडान छिटोभन्दा छिटो गर्नुपर्ने बताए ।
विकासका लागि जनता पनि चनाखो हुनुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालले जोड दिनुभयो । “विकासका लागि सरकार र मन्त्रीलाई घचघच्याउने काम मेरो हो”, उनले भने, “तपाईहरु पनि लाग्नुस, सामूहिकतामा काम गर्न सकियो भने विकास सजिलै हुनसक्छ ।”
 

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  २१:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार