मोरङमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

शुक्रबार, चैत ४, २०७८

मोरङ, ४ चैत । तराईमा आज मनाइएको फागुन पूर्णिमा ९होली० का दिन मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने दुईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त मञ्जिल मुकारुङका अनुसार को२५प ८५५९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोरङको कटहरी गाउँपालिका–५ का १६ वर्षीय आलोक विश्वास र ग्रामथान गाउँपालिका–१ का १८ वर्षीय रिसभ चौधरीको आज दिउँसो उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो । यसैगरी जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले मापसे गरेर सवारी साधन चलाउने मोटरसाइकल, सिटी, अटो, कार, ट्र्याक्टरसहित ४१३ वटा सवारी साधनलाई आज कारवाही गरेको बताउनुभयो । यस्तै मापसे सेवन गरी होहल्ला गरी हिँड्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  २१:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार