संवैधानिक निकायका मुद्दा हेर्दाहेर्दैमा

शुक्रबार, चैत ४, २०७८

काठमाडौँ, ४ चैत ।  सर्वोच्च अदालतको संवैधानिक इजलासमा अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध परेको रिट निवेदनमाथिको सुनुवाइ ‘हेर्दाहेर्दै’ मा बुधबारका लागि राखिएको छ ।  कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ हुदाँहुँदै समय अभावका कारण हेर्दाहेर्दैमा बुधबारका लागि तय भएको हो ।  तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले गरेको विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्ति विरुद्ध परेको रिटमाथिको सुनुवाइ आजदेखि सुरू भएको थियो ।
यसअघि गत भदौ १७ गते न्यायाधीश हरि फुयाँलको एकल इजलासले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्तिसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित गर्न आदेश दिएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  २०:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार