फोनिजको महाधिवेशन चितवनको सौराहामा

शुक्रबार, चैत ४, २०७८

चितवन, ४ चैत । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को साताैँ राष्ट्रिय महाधिवेशन पर्यटकीय नगरी सौराहामा हुने भएको छ । महाधिवेशन यही चैत ६ र ७ गते हुने तय भएको छ । फोनिजका महासचिव मनोज घर्ती मगरका अनुसार महाधिवेशनमा देशभरका ६० जिल्लाबाट ४८८ पत्रकार सहभागी हुनेछन् । यस्तै बेलायत, अमेरिका, जापान, दक्षिण कोरिया, मलेसियालगायत देशमा रहेका आठ विदेश शाखा, आठ संस्थागत सदस्य संस्था तथा सात प्रदेश समितिका पदाधिकारी सहभागी हुने उनले जानकारी दिए । सौराहाको थारु सांस्कृतिक घरमा हुने महाधिवेशनले तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । रासस

 

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  १४:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार