पर्सामा ६५ किलो गाँजा बरामद

बिहीबार, चैत ३, २०७८

वीरगञ्ज, ३ चैत । पर्साको ठोरीस्थित ओरियाखोला नजिकबाट सशस्त्र प्रहरीले ६५ किलो गाँजा बरामद गरेको छ  । बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ । राष्ट्रिय निकुञ्जको गोरेटो बाटो हुँदै ओरियाखोलातर्फ आउँदै गरेको पाँच–६ जनाको समूहले ल्याउँदै गरेको गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं १३ गणले जनाएको छ । तस्करीमा संलग्न समूहका सबै जना गाँजा छाडेर भागेका सशस्त्र प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, चैत ३, २०७८  १९:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार