दुई व्यक्तिलाई मरणोपरान्त सम्मान

बिहीबार, चैत ३, २०७८

झापा, ३ चैत । भद्रपुरका पुराना व्यवसायी एवं मारवाडी सङ्घका पूर्व अध्यक्षद्वय पर्शुराम अग्रवाल र  ओमप्रकाश साहेवालालाई मरणोपरान्त सम्मान गरिएको छ । सङ्घद्वारा आज आयोजित कार्यक्रममा प्रदेश नं १ का भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री ओमप्रकाश सरावगीले माध्यामिक शिक्षा परीक्षा (एसइई) देखि स्नातक तहसम्मको उत्कृष्ट अङ्क ल्याउने तथा चित्रकलामा राम्रो दख्खल राखेका छ  विद्यार्थी र पाँच ज्येष्ठ नागरिकलाई पनि सम्मान गरे । कार्यक्रममा मारवाडी भाषाबाट विभिन्न गीत, नृत्य, नाटक र कवितालगायत बृहत् साँस्कृतिक कार्यक्रम गरिएको थियो । रासस

 

प्रकाशित मिति: बिहीबार, चैत ३, २०७८  १४:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार