दलदले पोखरीमा डुबेर सेनाका जवानको मृत्यु

बिहीबार, चैत ३, २०७८

चितवन, ३ चैत । दलदले पोखरीमा डुबेर नेपाली सेनाका जवानको मृत्यु भएको छ । गैँडाको आक्रमणबाट बाँच्न पोखरीमा हाम फालेका जवान पवन कटुवालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार खोटाङ गाउँपालिका वडा नं ४ घर भई निकुञ्ज सुरक्षार्थ खड्गदल गणको साइली माइली पोस्टमा कार्यरत २६ वर्षीय जवान कटुवालको मृत्यु भएको हो  । निकुञ्जभित्र गस्ती जाने क्रममा गैँडाले आक्रमण गर्न खोज्दा उनी दलदलमा हाम फालेका थिए । घटना बुधबार साँझ ७ः४५ बजेको हो । रासस

 

प्रकाशित मिति: बिहीबार, चैत ३, २०७८  १०:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार