सोसल मिडिया
Contact Us
युनिकोड
कर्णाली, ३ चैत । सुर्खेतस्थित भेरी नदीमा बेपत्ता भएका तीन बालबालिकामध्ये एक जनाको शव फेला परेको छ । शनिबार पौडी खेल्ने क्रममा बेपत्ता भएका लेकबेँसी नगरपालिका–५ नेटाका आठ वर्षीय दिनेश बुढामगरको शव आज भेरी पुल नजिक भेटिएको हो । बेपत्ता बालबालिकाको खोजीका लागि सुर्खेत नम्बर ३२ रक्तकाली गणबाट विपद् उद्धार तथा बाँकेको शम्शेरगञ्जस्थित रिजर्भ गणबाट गोताखोर टोली परिचालनगरिएको थियो । रक्तकाली गण सुर्खेतका प्रमुख विमल डाँगीले मेहेलकुना अस्पतालमा परीक्षणपछि शव परिवारलाई बुझाइएको जानकारी दिए । दिनेशसँगै बेपत्ता भएका भेरीगङ्गा नगरपालिका–११ रामघाटका १० वर्षीया गङ्गा खड्का र आठ वर्षीया कृष्णा सिञ्जालीको शव अझै भेटिएको छैन ।
१० दिनदेखि हराएका वृद्धको शव फेला
१० दिनदेखि हराएका एक वृद्धको शव आज फेला परेको छ । गोरखा नगरपालिका–१ अजमरेका ७० वर्षीय नारायणदत्त न्यौपानेको शव सडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धर्मबहादुर थापाले जानकारी दिए । गत फागुन २३ गते बिहानदेखि घरपरिवारबाट सम्र्पकविहीन भएका न्यौपानेको बिहान करिब ८ बजे शव भेटिएको प्रहरीको भनाइ छ । न्यौपानेको शव सडेगलेको अवस्थामा फेला परेको र घटनास्थलको मुचुल्का तयार पारी गोरखा अस्पतालमा शव परीक्षणपछि परिवारलाई जिम्मा लगाइको उनले बताए । मृतक न्यौपाने मानसिक रोगी भएको र नियमितरूपमा मानसिक रोगको औषधिसमेत सेवन गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको उहाँको भनाइ छ । घटनाको थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।