लागुऔषधसहित दुई युवक पक्राउ

बुधबार, चैत २, २०७८

जलेश्वर– भारतबाट लागुऔषध बोकी नेपाल आएका दुई युवकलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–७ का ३३ वर्षीय रोहितकुमार राणा र महोत्तरी बर्दिबास नगरपालिका–३ का ३० वर्षीय सुमन विक रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

गए राति भारत बिहारको सीतामढी जिल्लाको कन्हमा सहरबाट लागुऔषध बोकी महोत्तरीको औरही नगरपालिका–४ स्थित कठुधारचोकमा युवकद्वयलाई प्रहरी टोलीले शङ्का लागि जाँच गर्दा उनीहरु लागुऔषधसहित पक्राउ परेका हुन् । उनीहरुको साथबाट प्रहरीले नेपालमा प्रतिबन्धित नुफिन दुई एमएल ७० एम्पुल, फेनेरगन दुई एमएल ८८ एम्पुल, डाइजाल्याब ८८ एम्पुल लागुऔषध तथा सुई बरामद गरेको जनाइएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि अहिले जिल्ला प्रहरी कार्यालयमा पठाउने तयारी भइरहेको जनाइएको छ ।
 

प्रकाशित मिति: बुधबार, चैत २, २०७८  ११:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार