रुस–युक्रेनबीच हरेक दिन वार्ता जारीः प्रतिनिधिमण्डल

मंगलबार, चैत १, २०७८

कीभ, युक्रेने, १ चैत । रूस-युक्रेन वार्ता प्रत्येक दिन भिडियो ढाँचामा चलिरहेको  रूसी प्रतिनिधिमण्डलका प्रमुख तथा राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्सकीले सोमबार बताएका छन् । हरेक दिन हप्ताको सातै दिन, युक्रेनको प्रतिनिधिमण्डलसँग भिडियोमार्फत वार्ता  जारी छ।  यो ढाँचाले समय र पैसाको बचत गरेको छू  मेडिन्स्कीले आफ्नो टेलिग्राम च्यानलमा उल्लेख गरे । उनले राष्ट्रपतिको अपेक्षा र आदेशअनुसार रूसी प्रतिनिधिमण्डलले आफ्नो सबै काम गरिरहेको  बताए ।

प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  १२:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार