पोप फ्रान्सिस इराक भ्रमणमा 

शनिबार, फागुन २२, २०७७

रोम । इसाई धर्मगुरु पोप फ्रान्सिस इराकका लागि रोमबाट शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् । कोरोनाभाइरसको संक्रमण फैलिएपछि यो उनको पहिलो विदेश भ्रमण हो । पोप फ्रान्सिसले इराकमा तीन दिन विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै इराकी अधिकारीहरु र इस्लाम धर्मगुरुसँग भेटघाट गर्ने कार्यक्रम छ । उहाँले खासगरी इराकमा सदियौंदेखि रहेबसेका इराकी इसाई धर्मावलम्बीहरुका दुःख पीडाका बारेमा छलफल गर्ने भ्याटिकनले जनाएको छ । पोप फ्रान्सिसले इराकका शिते धर्मगुरु ग्रान्ड आयातोल्लाह अलि सिस्तानीसँग भेटवार्ता गर्ने इराकी अधिकारीहरुले बताएका छन् । इराक भ्रमणका क्रममा पोप फ्रान्सिसलाई कडा सुरक्षा प्रबन्ध गरिएको छ ।– एएफपी
 

प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७  ०३:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार