जाजरकोटमा गर्भवतीको मृत्यु

सोमबार, फागुन ३०, २०७८

जाजरकोट, ३० फागुन । शिवालय गाउँपालिकामा आज एक गर्भवतीको मृत्यु भएको छ । सुत्केरी व्यथा लागेकी वडा नं ४ की विर्मा रावतको अत्यधिक रक्तस्रावपछि मृत्यु भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए । अध्यक्ष शाहीका अनुसार गाउँपालिकाको पहलमा रुकुम पश्चिमको चौरजहारी अस्पताल  लैजाने क्रममा रावतको बाटोमै मृत्यु भएको हो ।
 

प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  १६:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार