भारतीय नागरिक पक्राउ

सोमबार, फागुन ३०, २०७८

इनरुवा, ३० फागुन । सुनसरीमा मानव तस्करीको अरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, विहार राज्यस्थित सुपौलका ३२ वर्र्षीय मोहम्मद फिरोज रहेका छन् । प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार काठमाडौँको शङ्खरापुर नगरपालिकाकी २० वर्षीया युवतीलाई ललाइफकाई भारत लैजाने क्रममा फिरोजलाई पक्राउ गरिएको हो । सीमा प्रहरीचौकी भन्टाबारीको प्रहरी टोलीले उनलाई  कोसी गाउँपालिका– ८ स्थित नेपाल र भारत  सीमाबाट पक्राउ गरेको हो । फिरोज काठमाडौँमा घर बनाउने काममा संलग्न थिए । फिरोजले पीडितलाई विवाहको प्रलोभनमा पारेर भारत लैजान लागेको प्रहरी अनुसन्धानका क्रमा खुलेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ । रासस
 

प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  १४:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार