मेयर कपः दशरथचन्दको विजयी सुरुआत

सोमबार, फागुन ३०, २०७८
Global Ime Bank

बैतडी, ३० फागुन । बैतडीको दशरथचन्द नगरपालिकामा जारी मेयर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दनपा–५ दशरथचन्द विजयी भएको छ ।  दशरथचन्दले दनपा–७ दुर्गास्थानलाई १२९ रनले पराजित गरेको हो ।  कूल १९२ रनको लक्ष्य पच्छाएको दुर्गास्थान ६।५ ओभरमा ६२ रनमै अलआउट भयो । जसमा नवराज बडूले १३ र रमेश बडूले ११ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रनसमेत बनाउन सकेनन् । हारसँगै दुर्गास्थान प्रतियोगिताबाटै बाहिरिन बाध्य भएको छ ।  दशरथचन्दका जगदीश चन्दले सर्वाधिक ६ विकेट हात पारे । 

    त्यसअघि निंग्लाशैनी खेल मैदान देहिमाडौँमा पहिला ब्याटिङ गरेको दशरथचन्द १८।३ ओभरमा १९१ रनमा समेटियो । जसमा जगदीश चन्दले सर्वाधिक ३७ रन बनाए । दुर्गास्थानका राकेश बडूले तीन विकेट लिए  । दशरथचन्दका जगदीश चन्द ‘म्यान अफ दी म्याच’ चुनिएका स्कोरर खेमराज भट्टले जानकारी दिए । दशरथचन्द नगरपालिकाको सहयोग र नगरक्रिकेट समितिको आयोजनामा फागुन २५ देखि सञ्चालन भएको प्रतियोगिता चैत २ गते सम्पन्न हुनेछ । उपाधि विजेता टोलीले ७५ हजार र उपविजेता टोलीले ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने नगरक्रिकेट समितिका संयोजक रमेश भट्टले बताए ।

 

प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  १३:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार