सोसल मिडिया
Contact Us
युनिकोड
कलैया, ३० फागुन । नेपाली कांग्रेस बाराको सभापति पदमा राजेशराय यादवले एक हजार २०६ मतप्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँको प्रतिद्वन्द्वी शम्भुबहादुर बुढाथोकीले एक हजार १५४ मत पाएका थिए । प्रमुख निर्वाचन अधिकृत गङ्गेश्वरप्रसाद अधिकारीले निर्वाचनमा २९ मत भने बदर भएको जानकारी दिए । नवनिर्वाचित सभापति यादवले पार्टीका नेता तथा कार्यकर्ता सबैलाई मिलाएर अगाडि बढ्ने प्रतिबद्धता व्यतm गरेका थिए । उनले भने, “स्थानीय तहका निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन मिलेर जानुपर्छ ।”