६५ जनामा कोरोना सङ्क्रमण

आइतबार, फागुन २९, २०७८

काठमाडौँ, २९ फागुन ।   नेपालमा थप ६५ जना कोभिड–१९ का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा छ हजार ३०६ जनाको पिसीआर परीक्षण गर्दा ५९ जना र एक हजार ६४१ एन्टिजेन परीक्षणमा छ जना गरी कूल ६५ मा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप १९२ सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६१ हजार ७० रहेको छ । कोरोना निको भएको दर ९८।३ प्रतिशत रहेको छ । यस अवधिमा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हाल देशभर कोरोना भाइरसका सक्रिय सङ्क्रमितको चार हजार ९१७ रहेको छ ।
 

प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  २१:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार